प्रधानमन्त्री देउवा भारतमा
rajdhanidaily.com · Fri Apr 01 23:31:08 GMT 2022
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको यो पाँचौं भारत भ्रमण हो । यसअघि प्रधानमन्त्री देउवा ७–११ भदौ २०७४ मा राजकीय भ्रमणमा भारत गएका थिए ।
भारत भ्रमणको पहिलो दिन शुक्रबार प्रधानमन्त्री देउवाले विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशंकरको भेटपछि देउवा भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत शीर्ष नेतासँग छलफल गरेका छन् । शनिबार बिहान १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री देउवाको शनिबार ११ः१० बजे हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)