विश्वविद्यालयमा किन घट्दै छन् विद्यार्थी ?
ekantipur.com · Mon Mar 13 00:50:45 GMT 2023
काठमाडौँ — मानविकी, शिक्षालगायत संकायमा विद्यार्थी कम भइरहेका बेला व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र मेडिकल शिक्षामा समेत भर्ना घट्न थालेको छ । अपेक्षित आवेदन नआएपछि त्रिभुवन विश्वविद्यालयका आंगिक र निजी क्याम्पसले दोहोर्याएर प्रवेश परीक्षा सञ्चालन गरेका छन् तर पनि कोटाअनुसार विद्यार्थी पाउन सकेका छैनन् ।
कक्षा १२ मा नै थोरै विद्यार्थी उत्तीर्ण भएका छन् । स्नातक पढ्न विदेश जाने प्रवृत्ति बढेको मात्र छैन, विदेशी सम्बन्धनमा चलेका कलेजमा स्वदेशमै पढ्न पाइने अवसर पनि छ । यता, देशभित्रका विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक प्रणाली भद्रगोल हुँदा पनि विद्यार्थीको आकर्षण घट्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)