टोटनहम च्याम्पियन्स लिगमा छनोट
baahrakhari.com · Sun May 22 18:07:00 GMT 2022
काठमाडौं । ह्युङ–मिन सन र डेजान कुलुसेभस्कीको समान दुई गोलप्रेरित टोटनहमले आइतबार राति नर्विच सिटीलाई ५–० ले हराउँदै युईएफए च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । रेलिगेसनमा परेको नर्विचविरुद्धको जितसँगै टोटनहमले शीर्ष चारमा रहेर लिगको अन्त्य गरेको हो ।
जित्नैपर्ने खेलमा टोटनहमले १६औँ मिनेटमा कुलुसेभस्कीको गोलबाट अग्रता लिएको थियो । ३२औँ मिनेटमा ह्यारी केनले पाहुना टोली टोटनहमको अग्रता दोब्बर बनाए । ६४औँ मिनेटमा कुलुसेभक्कीले तेस्रो गोल गरे । ७०औँ मिनेटमा सनले चौथो गोल गरे भने ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)