मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलको पुनरागमन जित

pahilopost.com · Thu Sep 01 01:03:07 GMT 2022

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हराएको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले न्युक्यासलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो।

खेलको ३८ औं मिनेटमा अलेक्जेन्ड इसकले सिअन लङस्टाफको पासमा गोल गर्दा न्युक्यासलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई रोबेर्टो फर्मिन्होले बराबरीमा ल्याए। उनले खेलको ६१ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गरेका थिए। त्यस्तै लिभरपुलको जितका लागि निर्णायक गोल फाबियो कार्भालोले इन्ज्युरी समयको अन्तिम मिनेटमा सलाहकै पासमा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)