मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिलिचोङका पहिरो पीडितको एक वर्ष टेन्टमै बित्यो

rajdhanidaily.com · Sat Jul 17 16:57:33 GMT 2021

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका–१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् । पहिरोले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घर परिवारले पुनस्र्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडित घर फर्किएर बस्न पाएका छैनन् ।

गत वर्ष असार २८ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना अझै बेपत्ता छन् । पहिरोबाट विस्तापित भएको एक वर्ष बिते पनि पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । सरोकारवाला निकायले चाँसो नदेखाउँँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दा समेत पुनस्र्थापना गर्न तीनै तहका सरकारले चासो देखाएका छैनन् । पहिरोले घर बगाएका पीडितले ओत लाग्ने छानो समेत पाएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)