मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले भन्छन्, ‘इरानसँग आज डिल हुन्छ’, तेहरानले अझै देखाएन हरियो झण्डा

annapurnapost.com · Sun Jun 14 12:14:09 GMT 2026

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सम्झौतामा हस्ताक्षर हुने घोषणा गरे पनि इरानले अहिलेसम्म कुनै अन्तिम निर्णय गरेको छैन । पश्चिम एसियामा तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने अमेरिका–इरान सम्झौताबारे तेहरानको धारणा अझै समीक्षाधीन अवस्थामा छ । अमेरिको दावीमा तेहरानले अझै हरियो झण्डा देखाएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सम्झौतामा हस्ताक्षर हुने घोषणा गरे पनि इरानले अझै कुनै अन्तिम निर्णय गरेको छैन । इरानी समाचार एजेन्सी फार्सका अनुसार पश्चिम एसियामा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकासँग प्रस्तावित सम्झौतामा हस्ताक्षर गर्ने विषयमा तेहरानको दृष्टिकोण अझै विचाराधीन छ । फार्सले इरानी वार्ता टोलीका एक विश्वसनीय स्रोतलाई उद्धृत गर्दै स्पष्ट गरेको छ कि इस्लामिक गणतन्त्र इरानले प्रस्तावित सम्झौता ज्ञापनबारे कुनै अन्तिम निर्णय गरेको छैन र न त यसको आधिकारिक घोषणा नै गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय