अनेसासको अध्यक्षमा संगम र उपाध्यक्षमा डा.सोलुको उम्मेदवारी घोषणा
nayapatrikadaily.com · Tue Jun 28 00:40:00 GMT 2022
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय कार्यसमितिको अध्यक्षमा साहित्यकार सुनिल संगमले उम्मेदवारी घोषणा गरेका छन् । हाल बेलायतमा रहेका संगमले आफूले विगतमा इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष भएर काम गरिसकेको र हाल उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेकाले आफू अध्यक्षको दाबेदार रहेको जनाएका छन् ।
‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)काे केन्द्रीय कार्यसमितिको २०२२–२०२४ का लागि हुन गइरहेको निर्वाचनमा मैले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएको सहर्ष जानकारी गराउँदछु।२००८ देखि इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष हुँदै हालको दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेको लामो अनुभव अनि यहाँहरूको अमूल्य सल्लाह सुझाव अनुरूप आगामी दिनहरूमा काम गर्ने प्रण गर्दै यहाँहरूको साथ, सहयोग र आशीर्वादका लागि विनम्र अनुरोध गर्दछु’उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)