मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारुढ दलहरुबीच मध्यरातमा सहमति, एमालेलाई राष्ट्रपति र सभामुख, जसपा र उन्मुक्ति पार्टी सरकारमा नजाने

kalakarmi.com · Tue Jan 17 00:41:42 GMT 2023

काठमाडौं– सोमबार मध्यरातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ दलहरुको बैठकले अन्ततः राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुखसहित मन्त्रालयहरुमा भागवण्डा टुंगो लगाएको छ । सोमबार साँझदेखि बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डामा टुंगो लगाएको हो ।

संयन्त्रको वैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान झण्डै पाँच घण्टासम्म भेटवार्ता भएको थियो । त्यसअघि पनि दुबै शीर्ष नेताहरुबीच भागवण्डाका बारेमा निरन्तर छलफल भैरहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)