महानगरका बजेट, कसका कस्ता ?
annapurnapost.com · Mon Jun 26 00:38:33 GMT 2023
देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन्। यसअघि नै केही स्थानीय तहले बजेट ल्याएका थिए।
यसैबीच ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २५ अर्ब ५४ करोड ७८ लाखको बजेट प्रस्तुत गरेको छ। यो महानगरले अघिल्लो आर्थिक वर्षभन्दा यसपटक बढाएर बजेट ल्याएको हो। अघिल्लो आर्थिक वर्ष २५ अर्ब ४१ करोड ९६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। यसपटक पनि सबैभन्दा कम वीरगन्ज महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ। यो महानगरले ३ अर्ब २१ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा पनि कम हो। यसले अघिल्लो आर्थिक वर्ष ३ अर्ब ३३ करोड ६३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)