मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेषको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च पुग्यो अख्तियार

deshsanchar.com · Fri Nov 22 22:45:39 GMT 2024

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)