ओली-नेपाल भेटवार्ता, दुवैको अडान यथाबत
reportersnepal.com · Wed Apr 21 17:16:27 GMT 2021
काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ । लामो समयपछि दुई नेताबीच आज काठमाडौंस्थित् मेरियट होटेलमा दुई घण्टा लामो भेटवार्ता भयो । योसँगै एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ ।
एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला भएको ओली र नेपालबीचको भेटवार्ताले पार्टी एकता हुने विश्वास लिईएको छ । उनीहरुबीच सकारात्मक कुराकानी भएको भनिएतापनि दुवै नेताले आफ्नो अडान कायमै राखेका छन् । ओलीसँगको भेटवार्ता सम्पन्न गरेर होटेलबाट बाहिरिने क्रममा नेता नेपालले मिडियालाई भने कुनै प्रतिक्रिया दिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)