कसरी अलग्गिए घनश्याम, कसरी आइन् ओनसरी ?
janaaastha.com · Fri Oct 21 15:45:54 GMT 2022
हप्तौँअघि मनोनयन दर्ताको मिति तोकेर सूचना आएको हुन्छ, तर ‘जब राति अनि फलानी ताती’ भनेजस्तो हाम्रा राजनीतिक दललाई मुखैमा पुगेपछिमात्रै तातो लाग्ने बानीले गर्दा चुनावमा अनेकन चर्तिकला देखिन्छन् ।
प्रदेशका हिसाबले, थातथलोका थुप्रै बासिन्दा पनि भएको कारण यसचोटि रोल्पाली नेतृ ओनसरी घर्ति मगरले रुपन्देही १ बाट चुनाव लड्ने कुरा थियो । तर, उनी आइपुगिन् काठमाडौं २ मा । चुनावको दुई दिन अघिसम्म पनि एमालेले घनश्याम भुसाललाई टिकट दिँदैन भन्ने छनक आएको थिएन । तर, घनश्याम भुसाल स्वयंले चाहिँ आफूमाथि खतराको संकेत पाइसकेका थिए र सत्ता गठबन्धनका दुई नेता प्रचण्ड र माधवकुमार नेपालसँग संवादमा थिए । यस्तो स्थितिमा मुख्यतः तीन नेता थिए । बाँकी दुई हुन्, भीम रावल र प्रभु साह । यसमध्ये भीम रावलले आफूमाथि अन्याय हुँदैछ मात्रै भनेनन्, ‘त्यहीँबाट मलाई चाहियो’ भनिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)