धनकुटामा विद्यार्थी भर्नाको विषयलाई लिएर झडप
ekantipur.com · Fri Feb 17 01:03:26 GMT 2023
धनकुटा — धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको विषयमा बिहीबार अपराह्न दुई संगठनबीचको विवादपछि झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको प्रहरीले जनाएको छ ।
घटनामा नेविसंघतर्फका दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् । घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । जसमध्ये भण्डारीलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको जनाइएको छ । घटनाबारे आधिकारीकरुपमा प्रहरीमा उजुरी आइनसकेको प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)