नेपालमा 'बेलाको' २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम
ratopati.com · Sun Dec 03 05:09:00 GMT 2023
जनकपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष अब्दुल बासिदले 'बेलाको' नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमको उद्घाटन गरिएको हो । कतार र बेलायतमा परिचित सो ब्राण्डको शाखा नेपालमा काठमाडौँपछिको दोस्रो स्वरुम भएको बताइएको छ ।
स्वरुमको उद्घाटन कांग्रेसका नेता विमलेन्द्र निधिले रिबन काटेर गरे । बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री शाखाको उद्घाटनसँगै मधेसमा विक्री वितरण सुरु भएको बेलाको होम अप्लायन्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अब्दुल बासिदले जानकारी दिए । होम अप्लायन्सेसले जनकपुरमा नयाँ शाखा विस्तार गरेर मधेसका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको उनको भनाइ छ । ‘आज हामीले नयाँ शाखा उद्घाटन मात्र गर्न गरेका छैनौँ, मधेसका बासिन्दाहरुसँग जोडिन गइरहेका छौँ’, उनले भने, ‘समुदायहरूलाई जोड्ने पुलको काम बेलाको ब्राण्डले गर्दैछ । तपाईंहरुको ढोकाढोकामा पुगिरहेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)