मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो

ratopati.com · Fri Nov 22 23:26:00 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको अवस्था चित्रित गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।

अध्ययनअनुसार सो प्रदेशमा चार लाख लाख ३७ हजार नौ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने दुई दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव ४१ प्रतिशत, आठ दशमलव २३ प्रतिशत र आठ दशमलव ३८ प्रतिशतले कमी आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)