खेलाडी–क्यान टस न मस
ekantipur.com · Sun Dec 19 01:19:39 GMT 2021
काठमाडौँ — ट्वान्टी–२० विश्वकप पुग्ने अन्तिम खुड्किलो ग्लोबल क्रिकेट छनोट ओमानमा सुरु हुन दुई महिनाभन्दा कम समय छ । प्रतिस्पर्धी १६ टोलीमध्ये प्रायः सबै यही छनोटको तयारीमा व्यस्त छन् । कतिपयले तयारीकै लागि द्विपक्षीय शृंखला खेलिरहेका छन् । नेपाली क्रिकेट भने ठीक विपरीत छ ।
नेपाली खेलाडीले असोजयता स्थानीयस्तरका बाहेक कुनै प्रतियोगिता खेलेका छैनन् । कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेपछि त अन्य धेरै खेलाडीले ऐक्यबद्धता जनाउन प्रशिक्षणसमेत रोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)