मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चाइनिज ताइपेईविरुद्ध नेपालको जित

nepalsamaya.com · Thu Jun 03 17:56:00 GMT 2021

काठमाडौं - फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट चरणको खेलअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले हराएको छ। कुवेतको जबर अल अहमद रंगशालामा सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेईलाई हराएको हो।

खेलको तेस्रो मिनेटमा अन्जन विष्टले पेनाल्टीमार्फत् गोल गर्दै र नेपाललाई अग्रता दिलाएका थिए। नेपालीले प्रहार गरेको फ्री किकलाई चाइनिज ताईपेईका खेलाडीले आफ्नै बक्समा हातले छोएपछि नेपाली टिमले तेस्रोे मिनेटमै पेनाल्टी पाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)