मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने

nayapatrikadaily.com · Wed Sep 06 00:34:00 GMT 2023

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले ३० भदौदेखि पारो–काठमाडौं उडान पुनः सुरु गर्ने घोषणागरेको हो ।

विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंको उडान पुनः सुरु गरिने भएको भुटान एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसले जनाएको छ । कम्पनीका अनुसार आइतबार, सोमबार, बुधबार र शनिबार गरी सातामा चार उडान हुनेछन् । यी उडानहरूले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रूपमा जोड्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)