चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक
barnanmedia.com · Sat Mar 08 23:36:43 GMT 2025

काठमाडौँ, २५ फागुन : प्रदर्शनरत चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रले दर्शकको साथ पाएको खुशीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।
किरण माइकलको संगीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने बेला बोम्जन र सुधा मरहठ्ठाको शब्द रचना छ । गीतमा नृत्यांगना आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ । गीतको भिडियोमा ‘होस्टेल ३’ का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङलगायत पार्टी मुडमा देखिनुभएको छ भने लाकार पारस बम ‘कुलब्वाय’ भने फरक मुडमा हुनुहुन्छ । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)