तार व्यवस्थित गरिँदै
gorkhapatraonline.com · Sat Mar 04 00:48:25 GMT 2023
ललितपुर, फागुन २० गते । स्मार्ट सहर बनाउने अभियानमा लागेको ललितपुर महानगरपालिका क्षेत्रका ऐतिहासिक सम्पदा क्षेत्रवरपर टाँगिएका टेलिफोन, केबल र इन्टरनेटका अस्तव्यस्ततालाई व्यवस्थित गर्न थालिएको छ ।
महानगरपालिका इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनसँग छलफल गरी १० दिनभित्र सम्पदा क्षेत्रवरपर टाँगिएका तार व्यवस्थापन गर्न मङ्गलबार निर्देशन दिइएपछि बुधबारदेखि तार व्यवस्थापन थालिएको हो । इन्टरनेट प्रदायकले पुल्चोकको अशोक स्तम्भअगाडि टाँगिएका तारलाई व्यवस्थापन थालेको हो । महानगरपालिकाले दिएको समयसीमाभित्र तारहरू व्यवस्थापन नगरिएमा महानगरपालिकाले नै तार काट्न सुरु गर्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)