मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मिडिया, महिला र म’ लोकार्पण

gorkhapatraonline.com · Sat Oct 14 06:36:37 GMT 2023

काठमाडौँ, असोज २७ गते । पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।

प्राडा सुचिता प्याकुरेलले पुस्तकमा महिलाप्रति राखिने पुरातन सोचमा परिवर्तनका लागि राष्ट्रिय÷अन्तर्राष्ट्रियस्तरमा गरिएका आन्दोलनका सम्बन्धमा महिलालाई होच्याउन बनाइएका नेपाली उखान, पितृसत्तात्मक प्रवृत्तिलगायतसँग गरिएको सङ्घर्षपूर्ण यथार्थपरक लेखले हरेक च्याप्टर चाखलाग्दो रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)