मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास

ekagaj.com · Tue Sep 13 00:56:16 GMT 2022

खोटाङ - खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत–जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय)देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठमाडौंको बिचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत–जावत गर्न सकस भएको हो ।

निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन् । आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन् । नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ । नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)