दही सगुन लिएर निस्किएका रामचन्द्र दुबोको मालामा बोहोराटारमा इन्ट्री, १४ घण्टाका १४ क्लिक
pahilopost.com · Thu Mar 09 17:46:59 GMT 2023
काठमाडौं : बिहीवार बिहानैबाट बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा घुँइचो लागेको थियो। शुभेच्छुक, नेता कार्यकर्ता शुभकामना दिन पुगेका थिए। राष्ट्रपतिको उम्मेदवार रहेका पौडेल ८ बजेतिर खाना खाइवरी निर्वाचनतिर जान तयारी गर्दै थिए।
पौडेलको पछिल्लो लय हेर्ने हो भने उनी कुनै कुरा हतारमा गर्दैनन्। कडा प्रश्न सोध्दा पनि मुसुक्क हाँसेरमात्र जवाफ फर्काउने उनको बानी देखिन्छ। बिहीवार बिहान पनि उनी खासै हतारमा देखिएनन्। खान खाइवरी उनी सुस्तै हात धोएर तलमाथि गर्दा ढिला भइसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)