मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हिमाली क्षेत्रमा पर्यटन सुधार

gorkhapatraonline.com · Sun Apr 23 06:09:55 GMT 2023

काठमाडौँ, वैशाख १० गते । आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ। आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्। लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन्।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार पछिल्लो समय लुक्लामा दैनिक चार–पाँच सय पर्यटक भित्रिने गरेका छन्। उहाँले भन्नुभयो, “आरोहणको मौसम सुरु भएदेखि लुक्ला र काठमाडौँका उडान भरिभराउ हुन थालेका छन्। विमानस्थलमा हेलिकोप्टरले समेत दैनिक दर्जनभन्दा बढी उडान गर्दै आएका छन्।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)