एमाले-माओवादी : सडकदेखि सदनसम्म आमनेसामने
ekantipur.com · Fri Sep 06 17:10:15 UTC 2024

काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्षी दल माओवादीबीचको विवाद सडकदेखि सदनसम्म पुगेको छ । दुवै दलका नेताहरुले संसद्मा मात्र नभई सार्वजनिक मञ्चमासमेत उपयोग गरेर एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका छन् ।
पार्टीका बैठकमा दुवै दलले एकअर्काका अभिव्यक्ति र गतिविधिलाई लक्ष्य गरेर आलोचना गर्नुका साथै सर्कुलरसमेत जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले ‘अराजकतालाई मलजल गर्ने, सरकारलाई बदनाम गर्ने’ भन्दै आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)