जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कार्बन व्यापार प्रभावकारी औजार
ratopati.com · Tue Dec 16 17:56:32 GMT 2025

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न कार्बन व्यापार एक प्रभावकारी औजारका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे ।
‘प्राक्टिकल एक्सन र एसपिआइ नेपाल’ को संयुक्त आयोजनामा मंगलबार यहाँ आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी अन्तरक्रियामा उनले कार्बन व्यापार नियमन २०८२ ले वन, ऊर्जा, कृषि तथा फोहर व्यवस्थापन जस्ता क्षेत्रमा आधारित परियोजनाहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । “कार्बन व्यापारबाट प्राप्त आम्दानीलाई स्थानीय समुदायको जीविकोपार्जन, वन संरक्षण तथा हरित विकासमा उपयोग गर्न सकिनेछ”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)