मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रारम्भिक सोधपुछमा नबोलाई पक्राउ गरेकामा निजी क्षेत्रको आपत्ति

ekantipur.com · Fri Feb 02 01:04:28 GMT 2024

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानमा समेत नबोलाई, उचित र पर्याप्त आधारबिनै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको भन्दै निजी क्षेत्रका संस्थाहरूले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पक्राउको शैलीप्रति आपत्ति जनाएका हुन् ।

दुवै संस्थाले ‘कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा विमति’ नरहेको बताउँदै प्रारम्भिक सोधपुछसमेत नगरी पक्राउ गरेकामा आपत्ति जनाएका हुन् । ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)