छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
lokaantar.com

जनकपुरधाम उपमहानगरपालिकाले छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्न थालेको छ । छाडा पशुचौपायाका कारण मानवीय जोखिम बढेको भन्दै नियन्त्रणमा कडाइ गरेको उपमहानगरपालिकाले पाँच सयभन्दा बढी छाडा पशुचौपाया नियन्त्रणमा लिई रु सात लाखभन्दा बढी जरिवाना सङ्कलन गरेको छ ।
छाडा पशुबाट मानिसमा हुने जोखिम तथा प्लास्टिकजन्य फोहरका कारण पशुमा पर्ने असर कम गर्न आइतबार जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाले आयोजना गरेको छलफल तथा अन्तर्क्रियामा उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा छाडा पशुचौपायाको समस्या चुनौतीपूर्ण बन्दै गएकाले छाडा चौपाया नियन्त्रणका लागि कडा कदम चालेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)