सार्वजनिक यातायातको भाडादर बढ्यो
karobardaily.com · Wed Oct 06 18:12:14 GMT 2021
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर बढाएको छ ।
प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर उपत्यका बाहेकको हकमा २३ प्रतिशत भाडा बढाएको हो । काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा ५ किलोमिटर दुरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी भएमा ३५ रुपैयाँ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)