एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले रिटेन गर्यो मार्कीसहित ७ खेलाडी
onlinekhabar.com · Sun Jun 14 12:53:02 GMT 2026
३१ जेठ, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सात खेलाडीलाई निरन्तरता दिँदै पाँच खेलाडीलाई रिलिज गरेको घोषणा गरेको छ ।
फ्रेन्चाइजले आफ्नो मार्की खेलाडी कुशल भुर्तेललाई पुनः रिटेन गरेको छ । यस्तै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार थगुन्नाले पनि आगामी सिजनमा पोखराकै जर्सीमा खेल्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)