मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशसभा दार्चुला (२) मा मानबहादुर धामी पुनः निर्वाचित

ekantipur.com · Tue Nov 22 18:26:06 GMT 2022

दार्चुला — दार्चुलाको प्रदेशसभा २ मा मा‌ओवादी केन्द्रका नेता मानबहादुर धामी पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनाअनुसार उनले एमाले नेता रामदत्त जोशीलाई एक हजार ३१५ मतान्तरले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले १३ हजार १७१ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमाले नेता जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)