मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी केन्द्रको विधानः हात्तीको देखाउने दाँतजस्तै

rajdhanidaily.com · Wed Feb 21 23:11:37 GMT 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन पार्टी विधान निर्माण गर्दै सकिएको छ । माओवादी गठन भएदेखि पार्टी विधान नभएको होइन, तर प्रतिनिधिका बीचमा छलफल गरी पारित भएको यो विधान पहिलो हो । माओवादी केन्द्र आफैंले यसलाई पहिलो विधान अधिवेशन भन्नुबाटै पुष्टि हुन्छ कि यसअघि यसरी छलफल गरी विधान निर्माण भएको थिएन ।

पारित सोही विधानअनुसार अब माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयन पनि सोही विधानअनुसार हुनेछ । विधान अधिवेशनबाट पारित विधानले माओवादी केन्द्रलाई लोकतान्त्रिक पार्टीका रूपमा अगाडि बढाउनेछ । यसअघि केन्द्रबाटै तल्लो कमिटीको नेतृत्व तोक्ने परम्परा रहँदै आएकामा अब त्यो अन्त्य हुने विश्वास नेता कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)