करण केसी चम्किँदा अमेरिकामाथि नेपालको दबदबा कायमै
onlinekhabar.com · Tue Jun 20 16:38:14 GMT 2023
५ असार, काठमाडौं । मिडियम पेश बलर करण केसीले पावर प्लेमा ७ रन खर्चिएर ४ विकेट लिँदै अमेरिकी टप अर्डर ध्वस्त पारे । अनि, जवाफमा भीम सार्कीले अविजित ७७ रनको पारी खेलेपछि नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ र, विश्वकप छनोटमा महत्वपूर्ण २ अंक हात पारेको छ ।
पहिलो खेलमा घरेलु टोली जिम्बाव्वेसँग हारेको नेपाललाई सुपर सिक्सको सम्भावना कायमै राख्न मंगलबारको खेल जित्नुपर्ने दबाब थियो । हरारेस्थित ताकासिंगा स्पोर्टस् क्लबमा टस जितेका नेपालका कप्तान रोहितकुमार पौडेलले विहानको समयमा अमेरिकालाई ब्याटिङको निम्तो दिन ढिला गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)