मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साम्बालाई गोल गर्न फर्कनु छ

ekantipur.com · Sat Oct 14 00:56:03 GMT 2023

काठमाडौँ — ‘आफ्नो देश फर्कन पाउँदा जत्तिको खुसी केही नहुने रहेछ’, इजरायलबाट गत बुधबार साँझ त्रिभुवन विमानस्थल झर्दाझर्दै उनको मुखबाट निस्किएको पहिलो भनाइ थियो । एक प्रकारको डरत्रासले भने अझै छाडेको छैन, सावित्रा भण्डारी उर्फ साम्बालाई । उनले जीवनमा यस्तो अवस्था यसअघि कहिले पो सामना गर्नुपरेको थियो र ?

‘कल्पना पनि थिएन, यस्तो पनि हुन्छ भनेर,’ जति बेला उनी इजरायलको तेलअभिभबाट बुधबार बैंककको विमानस्थलमा ओर्लिंदा उनलाई लाग्यो, ‘अब भने म बाँचें ।’ त्यही रात काठमाडौं आइपुग्दा त ढुक्क जस्तै भइन् । भनिन्, ‘अब भने केही हुने छैन ।’ नेपाली महिला फुटबलकी सबैभन्दा सफल खेलाडी साम्बाले यो साता यस्तो अनुभव बटुलिन्, जसलाई निको मान्न सकिन्न ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)