बुटवल–नारायणगढ खण्डमा ४२ पुल निर्माण सम्पन्न
ekantipur.com · Tue Dec 16 18:03:51 GMT 2025

परासी — विस्तारका क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्डमा ४२ वटा पुल निर्माण सम्पन्न भएका छन् । पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा ९ वटा ठूला पुल निर्माणको काम सम्पन्न भएको हो । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने ९ मध्ये सबैको काम सकिएको र पूर्वी खण्डमा एउटा मात्र पुल निर्माण हुन बाँकी छ ।
बुटवलदेखि दाउन्नेसम्ममा पुल निर्माणको काम सम्पन्न भएको र २ सय ५३ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा २ सय ४९ वटाको काम सकिएको छ । दाउन्ने खण्डमा ४ वटा कल्भर्ट निर्माणको कामले पनि तीव्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)