मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योग्य उम्मेदवार छनोट गर्ने अवसर

rajdhanidaily.com · Mon Apr 25 23:20:55 GMT 2022

स्थानीय निर्वाचनका लागि सबै दलले आआफ्ना उम्मेदवार जनताको अगाडि उभ्याइसकेका छन् । देशभर स्थानीय जनप्रतिनिधि छान्नका लागि उभ्याइएका उम्मेदवारको अनुहार जनताबीच वस्तुगत रूपमा उपस्थित छन् । निर्वाचन स्थानीय तहको हो । निर्वाचनबाट निर्माण हुने सरकार स्थानीय जनताको सबैभन्दा नजिकको आफ्नै सरकार हो । उम्मेदवार स्थानीय छन् । मतदान गर्ने जनता पनि स्थानीय छन् । उम्मेदवारका पनि स्वार्थ स्थानीय छन् । मतदाताका पनि स्वार्थ स्थानीय छन् । यो स्थानीयताको संगम जुन उम्मेदवारलाई मतदानद्वारा छनोट गर्दा भेटिन्छ, वा पूरा हुन्छ, त्यही उम्मेदवार नै स्थानीय जनताको रोजाइमा पर्नेछ र पर्नुपर्छ पनि । मतदान स्थानीय जनताको भाग्य र भविष्य फैसला गर्ने अधिकार हो । यसको बेवास्ता भएमा, दुरुपयोग भएमा वा लहलहैमा खेर फालेमा भविष्यको बेवास्ता र दुरुपयोग हुन जानेछ । यसको गाम्भीर्यताको बोध मतदान गर्नु अघि नै मतदाताहरूमा हुन जरुरी छ । स्थानीय निर्वाचनले त्यसैले स्थानीयजनताको हेक्का रहनु जरुरी छ । जनताका भइपरि आउने काम र समस्याहरूको समाधानका लागि अहोरात्र खट्न सक्ने उम्मेदवार नै जनताको रोजाइमा पर्नु पर्छ ।

स्थानीय जनतासामु खडा भएका उम्मेदवार अपरिचित छैनन् । नचिनेका छैनन् । उनीहरूको हैसियत, ल्याकत, आनीबानी, स्वभाव, शील, चरित्र, सेवा र सहयोग आदिबाट स्थानीय जनता टाढा छैनन् । उनीहरूको काम गराइको शैली र सहयोगबाट पनि अनविज्ञ छैनन् । त्यसैले खडा भएका उम्मेदवारहरू मध्ये जनपक्षीय काममा लाग्ने उम्मेदवार जनताले छनोट गर्ने अवसर आएको छ । यो आगामी पाँच वर्षका लागि हो । पाँचवर्ष भनेको एक सिंगो आवधिक निर्वाचन हो । यो काम गरौँभन्ने हो भने उदाहरणीय काम गरेर देखाउन सकिने एक लामो कालखण्ड पनि हो । यो कालखण्डमा स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्न सकिने आधारहरू पनि तयार पार्न सकिन्छ । त्यसैले कर्मका बाटाहरू फराक बनाउन सक्ने उम्मेदवार जनताको नजरमा पर्नुपर्छ । राजनीतिक दलले स्थानीय जनताको घरआँगनमा सिंहदरबार पु¥याइदिएको भनिसकेका छन् । धेरै कामका बाबजुद सिंहदरबार आफंैमा दूधले नुहाएको ‘पवित्र’शासनथलो भने होइन् । तर, पनि गाउँमा गएका सिंहदरबार आमूल रूपमा सच्चिन जरुरी छ । त्यसका लागि इमानदार जनप्रतिनिधि छनोट गर्नुपर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)