चिनियाँ नेताको दिनभरिको भेटमा प्राथमिकतामा के पर्यो?
deshsanchar.com · Tue Sep 13 15:15:31 GMT 2022
काठमाडौँ– नेपालमा अमेरिकी चासो बढिरहेका बेला उत्तरी छिमेकी चीनको प्राथमिकता र चासो पनि नेपालप्रति बढेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको एक महिनाअघि नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु मंगलबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त बने।
सभामुख अग्निप्रसाद सापकोटाको निम्तोमा चारदिने नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरे। प्रतिनिधिसभाका सभामुख सापकोटासँग नेपाल ओर्लिएकै दिन हिजो सोमबाट भेटवार्ता गर्नुका साथै विभिन्न समझदारीपत्रमा हस्ताक्षर गरे। सोमबार राति चान्शुको सम्मानमा सापकोटाले रात्रिभोजको आयोजना गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
माओवादी केन्द्र
एमसीसी
सभामुख सापकोटा