विश्वकप २०२३ मा भारतको लगातार पाँचौं जित
thahakhabar.com
भारतले विश्वकप २०२३ मा लगातार पाँचौं जित हात पारेको छ। टोलीले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। भारतीय टोलीले यो प्रतियोगितामा किवीमाथि २० वर्षपछि जित हात पारेको हो। यसअघि सन् २००३ मा सेन्चुरियन मैदानमा किवीलाई ७ विकेटले पराजित गरेको थियो।
यो जितसँगै भारतीय टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब टीम इन्डियाको खातामा ५ खेलपछि १० अंक छ। यस्तो अवस्थामा भारतको शीर्ष ४ मा पुग्ने सम्भावना बलियो भएको छ। अब टोलीले ४ मध्ये २ खेल मात्र जित्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)