नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा मिश्र
nepalviews.com · Fri Aug 26 16:48:50 GMT 2022
तनहुँ । नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिको अध्यक्षमा उत्तम मिश्रको नाम अनुमोदन भएको छ । नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको बैठकले मिश्रको नाम अनुमोदन गरी कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । मिश्रले विसं २०५२ मा बाराही मावि फराकचौर, तनहुँको नेविसङ्घ एकाइका अध्यक्ष, सरस्वती बहुमुखी क्याम्पसको एकाइ सचिव, उपाध्यक्ष हुँदै २०५७ स्ववियु सभापतिका प्रत्यासी, २०५८ मा नेविसंघ तनहुँका जिल्ला सदस्य र विसं ०५९ देखि विसं २०६१ सम्म नेविसंघ तनहुँ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका छन् । उनि नेविसंघका केन्द्रीय पूर्वकार्यवाहक अध्यक्षसमेत हुन् । पार्टीको क्रियाकलापमा राजधानी र मोफसललाई जोड्न सशक्त एवं भरपर्दो पुल बन्ने योजना बनाएको अध्यक्ष मिश्रले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)