गोर्खामाथि दुई शताब्दीदेखि विभेद
ekantipur.com · Thu Aug 12 00:46:46 GMT 2021
लन्डन, काठमाडौं — बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत–पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लन्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा छन् । १७ दिनको रिले र पाँचौं दिनको आमरण अनशनपछि पनि बेलायत सरकारले वास्ता गरेको छैन ।
बेलायती सेनामा करिब चार हजार गोर्खा कार्यरत छन् । करिब १८ हजार भूतपूर्व गोर्खाले पेन्सन पाउँछन् । पटकपटकका आन्दोलनपछि बेलायतले सन् १९९७ पछि भर्ना हुने गोर्खा सैनिकलाई बेलायतीसरह पेन्सन दिन थालेको छ । तर, त्यसअघि अवकाश पाएका आठ हजार वृद्ध गोर्खा र तिनका परिवारमाथि अहिले पनि विभेद छ । भूतपूर्व गोर्खाले भन्दा बेलायतीले २ सय ९८ प्रतिशत बढी पेन्सन पाउँछन् । विभेद अन्त्यको माग गर्दै पछिल्लोपटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आह्वानमा जुलाई २१ देखि रिले अनशन सुरु भएको हो । शुक्रबारदेखि भने तीन जना अगुवा प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटअघि आमरण अनशनमा बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)