मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संगठनको लक्ष्यअनुरुप काम गर्न निर्देशन

lokaantar.com · Thu Mar 02 00:25:25 GMT 2023

निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले संगठनको लक्ष्य र उद्देश्यअनुरुप कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपालका बाहिनी, राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा शिक्षालयहरुमा प्रमुखको रुपमा जिम्मेवारी पाएका सशस्त्र प्रहरी नायव महानिरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित कार्यक्रममा सो निर्देशन दिएका हुन् ।

नेतृत्वमा रहँदा आफु मातहतका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई जिम्मेवारीबोधका साथ काम गर्न प्रेरित गर्न सुझाव दिए । संगठनको लक्ष्य, उद्देश्य र योजनामा रहेर उच्चस्तरको जिम्मेवारीबोधका साथ काम गर्न उनले निर्देशन दिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)