काठमाडौं विश्वविद्यालयद्वारा फेरि चोर बाटोबाट बीएण्डसीलाई सम्बन्धन दिने प्रयास
newsofnepal.com · Tue May 18 16:20:08 GMT 2021
न्युज अफ नेपाल, काठमाडौं ।
देश कोभिड १९ का कारण आक्रान्त भएका बेला काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चिकित्सा शिक्षा ऐनलाई लत्याउँदै झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरेका छन् । यही जेठ २ गते विश्वविद्यालयले आयोगलाई लेखेको पत्रमा ‘…यस विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले २०७८ साल वैशाख २२–२६ गतेसम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण गरेको र निरीक्षण प्रतिवेदन अनुसार झापास्थित बि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार’ सम्बन्धनको लागि सहमति दिंदै सिट संख्याका लागि स्वीकृति दिन अनुरोध गरिएको छ ।जबकि चिकित्सा शिक्षा ऐन जारी भइसकेपछि कुनै पनि मेडिकल कलेजले आसय पत्र तथा सम्बन्धन स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा निवेदन दिनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)