सर्वोच्चद्वारा डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग
nepalpress.com · Thu Dec 14 16:00:35 GMT 2023
काठमाडौं । सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउनुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा पनि बोलाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।
वीर अस्पतालका निर्देशकबाट हटाइएका पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पाैडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)