मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा दिल्लीविरुद्ध लखनउको जीत

kalakarmi.com · Fri Apr 08 00:04:32 GMT 2022

मुम्बई– इन्डियन प्रीमियर लीग (आईपीएल) मा बिहिबार राति खेलिएको एउटा रोमाञ्चक प्रतिस्पर्धामा लखनउ सुपर जाइन्ट्सले उत्कृष्ट जीत हासिल गरेको छ । २२ वर्षीय आयुष बदोनीले आफ्नो टीमका लागि छक्का प्रहार गर्दै खेल जिताए । प्रतिस्पर्धामा लखनउले दिल्ली क्यापिटल्सलाई छ विकेटले पराजित गर्न सफल भयो ।

यो प्रतिस्पर्धामा दिल्लीले पहिला ब्याटिङ गर्दै १ सय ४९ रन बनाएको थियो । दिल्लीका तर्फबाट पृथ्वी शाले सबैभन्दा बढी ६१ रन बनाए । प्रतिउत्तरमा लखनउको तर्फबाट क्विन्टन डि ककले ८० रनको उत्कृष्ट इनिङ खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)