महिला टी-२० विश्वकप: पाकिस्तानमाथि वेस्टइन्डिजको रोमाञ्चक जित
deshsanchar.com · Sun Feb 19 16:30:01 GMT 2023
दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा वेस्टइन्डिजले पाकिस्तानमाथि ३ रनको रोमाञ्चक जित हासिल गरेको छ। सेमिफाइनल सम्भावना कायमै राख्नका लागि दुबै टिम जितका लागि मैदान उत्रिएको खेलमा वेस्टइन्डिज कमजोर लक्ष्यका बावजुत जित निकाल्न सफल भयो।
टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो। जवाफमा पाकिस्तान निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११३ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा पाकिस्तानले १४ रन मात्र बनाउन सक्यो। पाकिस्तानका लागि एलिया रियाजले २९ रन बनाउँदा निदा डरले २७ र कप्तान विष्मा मारूफले २६ रन बनाएकी थिइन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)