मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवालाई ‘सच्चिन’ संस्थापनबाटै दबाब

ekantipur.com · Mon Sep 25 00:29:43 GMT 2023

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका सदस्यले नै सभापति शेरबहादुर देउवामाथि सच्चिएर अघि बढ्न दबाब दिएका छन् । विगतमा सभापति देउवाका लागि रक्षात्मक रूपमा प्रस्तुत हुने सदस्यहरूले नै यस पटक उनलाई कार्यशैली सुधारेर पार्टीलाई मतदाताको भावनाअनुरूप अघि बढाउन दबाब दिएका हुन् । गत बिहीबारदेखि सुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले मन्त्रीका भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।

आइतबार बैठकमा धारणा राख्ने ३१ जनामध्ये सबैजसो संस्थापन पक्षका सदस्य थिए । अधिकांशले पार्टी नेतृत्वले पुरानै ढर्राको कार्यशैलीमा सुधार नगरे वर्तमान राजनीतिक/सामाजिक मुद्दाको समाधान र मुलुकको आर्थिक संकटमोचन गर्न नसक्ने धारणा राखे । सभापति देउवाले सत्तालाई मात्रै केन्द्रमा राखेर सरकारको कार्यसम्पादनमा भन्दा गठबन्धनलाई बचाउन मात्रै जोडबल गरेको उनीहरूको आरोप छ । नयाँ खुलेका दलहरूले दबाब बढाइरहेका बेला कांग्रेसले कुर्सीलाई केन्द्रमा राखेर जनकांक्षालाई बेवास्ता गर्दा थप संकटमा पर्ने सदस्यहरूको धारणा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)