मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एपिएफ र कोशीको सानदार जित

nayapatrikadaily.com · Fri Dec 22 00:42:00 GMT 2023

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार एपिएफ, बागमती, कोशी र लुम्बिनी प्रदेशले जित निकालेका छन् । मूलपानीको माथिल्लो मैदानमा एपिएफले बलियो सुदूरपश्चिमलाई नौ विकेटले हरायो । सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपिएफले १६.१ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । एपिएफकी ज्योति पाण्डेले अविजित ४९ रनको योगदान दिइन् । उनले ४८ बलमा नौ चौका प्रहार गरिन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी इन्दु बर्मा ३१ रनमा अविजित रहिन् । ज्योति र इन्दुबीच दोस्रो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो ।

सुदूरपश्चिमबाट ईश्वरी विष्टले एक मात्र विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल खडा गर्‍यो । सुदूरपश्चिमकी कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । एपिएफकी सोमु खड्काले दुई विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दुले समान एक विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)