जनप्रतिनिधि चढ्ने गाडी मर्मत भए, आगो निभाउने दमकल भने ग्यारेजमै
ekantipur.com · Tue Dec 16 18:22:49 GMT 2025

जुम्ला — गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा चन्दननाथ नगरपालिकामा तोडफोड भएको दमकल अझै मर्मत हुन सकेको छैन । दमकल मर्मत नहुँदा आगलागी भइहाल्यो भने नियन्त्रणमा लिन कठिन हुने अवस्था छ । तीन महिनादेखि दमकल थन्किएको छ ।
आन्दोलनका क्रममा एम्बुलेन्स, शववाहन, जनप्रतिनिधि कर्मचारीले चढ्ने गाडी र दमकल तोडफोड भएका थिए । जनप्रतिनिधि र कर्मचारी चढ्ने सवारी र एम्बुलेन्स, शववाहन मर्मत भएर सञ्चालनमा आए पनि दमकल अझै मर्मत हुन सकिरहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)