मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

nepalpress.com · Mon Jun 09 16:54:14 GMT 2025

दमौली । बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)