स्लो बाइक प्रतियोगिताको उपाधी घनश्याम केसीलाई
rajdhanidaily.com · Sat Jan 20 23:31:52 GMT 2024
दैलेख । पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि दैलेखमा भईरहेको ‘स्लो बाइक’प्रतियोगितामा घनश्याम केसि प्रथम भएका छन्।नारायण नगरपालिका वडा नं –६ स्थीत काडाचौरमा भएको प्रतियोगितामा सबै भन्दा ढिलो गतिमा मोटरसाइकल हिडाएर केसी प्रथम भएका हुन । ५०मिटरको दुरीमा सबैभन्दा ढिलो बाइक चलाएर प्रथम हुदै उनले १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो।
४५जना सहभागी प्रतियोगितामा दितिय हुदै कृष्ण बहादुर खत्रीले ७ हजार नगद,प्रमाणपत्र र तृतिय हुदै सरोज महतराले५हजार नगद प्रमाणपत्र प्राप्त गरेका थिए।यस्तै सान्त्वना स्थान हाँसिल गर्ने नविना रावललाई ३हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)